समाचारबुधबार, माघ २८, २०७१
एकल जातीय राज्य हुँदैन: नेपाल
नेकपा एमालेका वरिष्ठ नेता प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिका नाममा एकल जातीय राज्य नहुने बताएका छन् ।
रुपन्देहीमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै नेता नेपालले एमाअाेवादी माेर्चाकाे कारण संविधान बन्न नसकेकाले सहमतिमा अाउन उनले अाग्रह गरे । नेपालले भने, “हामी सहमतिका लागि तयार छाैं, उहाँहरु कहिल्यै सहमतिका लागि तयार हुनुपर्याे ।”
उनले एमाअाेवादी माेर्चालाई अान्दाेलन छाडेर सहमतिमा अाउन अाग्रह गरे । नेता नेपालले भने, ‘‘सहमतिकै नाममा एक वर्षको समय खेर गयो । संविधान निर्माणमा नेपाली कांग्रेस र नेकपा एमाले सकारात्मक हुँदाहुँदै एमाओवादीसहितका दलहरूको मानसिकता उदार नहुँदा संविधान बन्न सकेन ।’’
