समाचारबुधबार, माघ २८, २०७१
“ल्यारक्याललाई सभासद् बनाउन छलफल पनि भएकाे छैन”
एमाअाेवादीका नेता देवेन्द्र पौडेलले ल्याक्र्याल लामालाई सभासद् बनाउँदा पार्टीमा संस्थागत निर्णय नभएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ बागलुङले २८ माघमा गरेको पत्रकार भेटघाटमा पौडेलले पार्टीमा कुनै छलफल समेत नभएको उल्लेख गरे। विवादित छवि भएका व्यक्तिलाई सभासद् बनाइएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहेको बेला स्थायी कमिटी सदस्य पौडेलले यस्तो बताएका हुन् ।
“स्थायी कमिटीमा पनि यस विषयमा कुनै छलफल नै भएको छैन, संस्थागत रुपमा लामाको मनोनयनबारे समीक्षा हुन्छ”, पाैडेलले भने ।
नेताहरु प्रशिक्षणका क्रममा राजधानीबाहिर रहेको बेला पार्टी कार्यालयले त्यस्तो निर्णय गरेको उनको भनाइ छ ।
