समाचारबुधबार, माघ २८, २०७१

मन्त्रालयकै नक्कली कागज बनाएर जिविसमा जागिर

हिमालखबर

-प्रेमनारायण आचार्य, अर्घाखाँची

खलंगा–१, प्यूठानका एक युवाले सामान्य प्रशासन मन्त्रालयको नक्कली पत्र देखाएर अर्घाखाची जिल्ला विकास समितिमा दुई महीना जागिर खाएको खुलेको छ ।

सामान्य प्रशासन मन्त्रालयको ३० साउन २०७१ को सरुवा पत्र देखाउँदै दुई दिन हाजिर भएर प्यूठानका धर्मेन्द्र आरकेले भदौ, असोज र दशैंतिहार पेश्की बुझेका थिए ।

पाठ्क्रम विकास केन्द्र काठमाडौंबाट सरुवा आएको पत्र देखाउँदै राजपत्र अनंकित द्धितीय खरिदार तहको तलब बुझेर बेपत्ता भएपछि नक्कली कागज बनाएर जिविसको तलब लिएको खुलेको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए ।

५५ हजार १४६ रुपैयाँ तलब बुझेर बेपत्ता भएका आरेकले स्थानीय विकास मन्त्रालयले ४ कात्तिकमा लेखेको सरुवापत्र जिविसमा पेश गरेका थिए । तलब बुझेर बेपत्ता भएका आरकेबारे मन्त्रालयमा बुझ्दा मात्रै उनीले नक्कली कागज बनाएर पेश गरेको खुलेको छ ।

आरकेले पेश गरेको कर्मचारी संकेत नम्बर १९८०२४ नै नभएको जानकारी २६ माघमा स्थानीय विकास मन्त्रालयले जिविसलाई दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>