समाचारबुधबार, माघ २८, २०७१

राप्रपा नेपालले संविधानसभा बैठक बहिष्कार गर्ने

हिमालखबर

राप्रपा नेपालले प्रश्नावली समितिको प्रतिवेदन पेश गर्ने संविधानसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

संविधानसभाको बैठक २९ माघमा बोलाइएको छ । ‘‘हाम्रो अजेण्डा प्रश्नावलीमा नसमेटिएकाले बैठक बहिष्कार गर्ने निर्णय गरेका हौं’’, सहप्रवक्ता मोहन श्रेष्ठले भने ।

उनले प्रश्नावली समितिबाट हुने कुनै पनि बैठकमा राप्रपा नेपाल नजाने भएको छ । श्रेष्ठ भने, ‘‘हाम्रो अजेण्डामा प्रश्न उठाउनै नदिएको बैठक बहिष्कार गरेका हौं, संविधानसभा छोडेको भन्ने होइन ।’’

राप्रपा नेपालले धर्म निरपेक्षता, गणतन्त्र, संघीयताजस्ता महत्वपूर्ण विषयहरुमा प्रश्नावली तयार पार्नुपर्ने माग राखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>