समाचारसोमबार, कार्तिक ६, २०६९

महाष्टमी मनाइँदै, देबी मन्दिरहरुमा भीड

हिमालखबर

आज नेपालका विभिन्न शक्तिपीठलगायत दशैँघर र कोतमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ । महाष्टमीमा महागौरीको पूजा अर्चना गरिन्छ । महागौरीको शक्ति अमोघ र सद्य फलदायिनी मानिन्छ । महागौरीको उपासना गर्दा भक्तका सबै कलुष र पूर्वसञ्चित पाप मेटिने धार्मिक विश्वास छ ।

काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्सालभगवती, भद्रकाली, शोभाभगवती, विजयेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायत मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेको बिहान सबेरैदेखि घुइँचो लागिरहेको छ ।

पशुबलिका रुपमा राँगा, हाँस, कुखुरा, बोका, भेंडा आदिको भोग चढाइन्छ ।

राष्ट्रपति शक्तिपीठमा

राष्ट्रपति डा रामवरणले यादव महाष्टमीका अवसरमा ६ कार्तिक बिहान काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठ पुगी पूजाअर्चना गरेका छन् ।

उनले नक्सालभगवती, मैतीदेवी, भद्रकालीलगायत मन्दिरमा पुगी माता भगवतीको दर्शन र पूजाअर्चना गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>