समाचारबिहीबार, माघ २९, २०७१

संविधानसभा उपनिर्वाचन २८ चैतमा

हिमालखबर

बाग्लुङ क्षेत्र नं १ मा आगामी चैत २८ गते संविधानसभाको उपनिर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले बाग्लुङ–१ का प्रत्यक्ष निर्वाचित सभासद् हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि खाली रहेका उक्त क्षेत्रको निर्वाचनका लागि मिति तोकेको हो ।

सरकारले निर्वाचन आयोगलाई त्यसअनुसारको पत्र पठाउने निर्णय गरेको सरकारका प्रवक्ता मीनेन्द्र रिजालले बताए ।

बैठकले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् प्रणाली विस्तार आयोजनाका लागि युरोपेली संघबाट प्राप्त ९५ मिलियन डलर अर्थात् रु ११ अर्ब १६ करोड बराबरको ऋण सहायता तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड सञ्चालनका लागि रु एक अर्ब ५० करोडको पुँजी संरचनासहितको प्रस्ताव स्वीकृत गरेको छ ।

सरकारले सरसफाइको कामलाई प्रभावकारी बनाउँदै सन् २०१७ सम्म ‘एक घर एक शौचालय’ बनाई खुला दिसामुक्त क्षेत्र बनाउने कार्यलाई प्रभावकारी तुल्याउन कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुश’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सरसफाइ दूतका रुपमा नियुक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>