समाचारबिहीबार, माघ २९, २०७१
संविधानका लागि जस्ताेसुकै त्याग गर्न तयार छु: प्रधानमन्त्री काेइराला
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नागरिक समाजका अगुवासँग उनले राजनीतिक दलबीच सहमतिका लागि संवादको वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले वार्ता र संवाद नभइरहेको अवस्थामा त्यसका लागि वातावरण बनाउन आफूहरुले आग्रह गरेको बताए ।
रधानमन्त्रीले नयाँ संविधानका निर्माणका लागि आफूले जुनसुकै त्याग गर्ने र संवादहीनताको अवस्था चाँडै तोडिने विश्वास दिलाएको पोखरेलले बताए ।
