समाचारबिहीबार, माघ २९, २०७१

नेपालबाट सिक्ने मालदिभ्सको चाहना

हिमालखबर

चिकित्साशास्त्रमा नेपालले हासिल गरेको विशिष्टताबाट मालदिभ्सले सिक्ने चाहना व्यक्त गरेको छ ।

नेपाल भ्रमणमा अाएका मालदिभ्सका स्वास्थ्य राज्यमन्त्री मोहम्मद हबिबले निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेसनल अस्पतालको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीसँग त्यस्तो चाहना व्यक्त गरेका हुन् ।

उनले चिकित्सा विज्ञानका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा नेपालले हासिल गरेको उपलब्धि आफ्नो मुलुकका लागि प्रेरणादायी भएको बताए । उनले नेपाल सरकार र निजी क्षेत्रसँग मिलेर काम गर्न मालदिभ्सले चाहेको बताए ।

एघार वर्षअघि त्रिवि चिकित्साशास्त्र अध्यययन संस्थान, महाराजगन्जबाट स्नातकोपाधि हासिल गरेका राज्यमन्त्री हबिबले आफ्नो देशमा हालसम्म शिक्षण अस्पताल तथा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान नभएकाले नेपालसँगको सहकार्यमा त्यस्ता शिक्षण संस्थान स्थापना गर्न चाहेको बताए ।

चिकिसाशास्त्र अध्ययनका लागि आफ्नो मुलुकका नागरिक नेपाल आउन इच्छुक रहेको जानकारी दिँदै उनले शिक्षकलगायत आवश्यक जनशक्ति आदानप्रदान गर्न सरकारीस्तरमा आफूले प्रयास थाल्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>