समाचारबिहीबार, माघ २९, २०७१

नेपालको पूर्वाधार विकासमा अमेरिकी संस्थाले सहयोग गर्ने

हिमालखबर

अमेरिकी कंग्रेसले सन् २००४ मा गठन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा कर्पोरेसन र मन्त्री विमलेन्द्र निधिबीच भएको बैठकमा सो सहमति भएको हो ।

बैठकमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्मित पुलको मर्मतसम्भार गर्ने र सडकको पूर्वाधार विकासका लागि सहयोग गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयका सहसचिव विष्णुओम वादेले बताए ।

नेपालको सडक, रेल र केबुलकार क्षेत्रमा कर्पोरेसनले पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

“सहयोगसम्बन्धी विस्तृत विवरण तयार पार्न कर्पोरेसन र मन्त्रालयका बीच मुख्य समूह बनाई अगाडि बढ्ने सहमति भएको छ”, बादेले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>