समाचारशुक्रबार, फाल्गुण १, २०७१

जीप दुघर्टनामा चालकको मृत्यु, चार घाइते

हिमालखबर

काठमाडौँबाट सोलुखुम्बुको सल्लेरी जाँदै गरेकाे जीप दुर्घटनामा चालकको मृत्यु भएको छ ।

आज बिहान सिन्धुलीको बासेश्वरी गाविस–८, स्थित हाइवरबेसीमा ना १ ज ३६०७ नम्बरकोे जीप दुर्घटना हुँदा चालक रत्नबहादुर तामाङको मृत्यु भएको छ भने दुई विदेशीसहित चारजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा फ्रान्सेली नागरिक थिलिप्ट र चेरिओ र सोलुखुम्बुको गार्माका ४० वर्षीय पेम्बा शेर्पा, तथा टाक्सिन्दु गाविसका ६१ वर्षीय काङढुङी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब निरीक्षक नरेश सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>