समाचारशुक्रबार, फाल्गुण १, २०७१
कांग्रेस र एमालेकाे पार्टी कार्यालयमा ताेडफाेड
बाराको कलैयामा रहेका मालपोत, नापी र भुमिसुधार कार्यालय सिमरामा सार्ने सरकारको निर्णयको विरोध गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले नेपाली कांग्रेस र नेकपा एमालेकाे पार्टी कार्यालय ताेडफाेड गरेका छन् ।
पाँच दिनदेखि कलैया बन्द गराउँदै अाएका प्रदर्शनकारीले ताेडफाेड गरेका हुन् । स्थानीयले गरेको विरोध–हडतालले कलैयाको जनजीवन प्रभावित बन्दै अाएकाे छ।
बाराका स्थानीय संघ संस्थाको अगुवाई र स्थानीय सर्वसाधारणको संलग्नतामा आन्दोलन भइरहेको हो ।
