समाचारशुक्रबार, फाल्गुण १, २०७१
प्रधानन्यायाधीश फर्केपछि संवैधानिक परिषद्को बैठक
संवैधानिक परिषद्को आजको बैठकले लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई आगामी १२ फागुनमा टुङ्गो लगाउने निर्णय गरेको छ ।
नियुक्तिसम्बन्धी कुरा मिलाउन बाँकी रहेकाले प्रधानन्यायाधीश रामकुमारप्रसाद साह रुस भ्रमणबाट फर्केपछि फागुन १२ गते बैठक डाक्ने तय भएको परिषद्को सदस्य सभामुख सुवास नेम्वाङले जानकारी दिए ।
बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै सभामुख नेम्वाङले भने, “अख्तियार र लोकसेवा आयोगका सम्बन्धमा गम्भीर छलफल भयो, तयार भएका सूचीहरु अध्ययन गर्ने काम भयोे, सूचीहरु लागि सम्बन्धित सदस्यले अध्ययनका लागि लिएका छन् ।”
परिषद्का अध्यक्ष प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकमा उपप्रधान तथा गृह मन्त्री वामदेव गौतम र प्रतिपक्षी नेता पुष्पकमल दाहालले सहभागी थिए ।
