समाचारशुक्रबार, फाल्गुण १, २०७१

एमाओवादीलाई जनताले माफी दिन्नन्: पूर्वप्रधानमन्त्री चन्द

हिमालखबर

LOkendraएमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समानान्तर सरकार गठन गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आपत्ति प्रकट गरेका छन् ।

२ फागुनमा नेपाल उद्योग परिसङ्घ कञ्चनपुर–कैलाली च्याप्टरले महेन्द्रनगरमा आयोजना गरेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला–२०७१ को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री चन्दले संविधान निर्माणका विवादित विषयमा सहमति गर्नुको विकल्प नरहेको बताए ।

उनले अध्यक्ष दाहालले दिएको अभियुक्तको आलोचना गर्दै जनताले कुनै हालतमा माफी नदिने ठोकुवा गरे । सत्तारूढ दलले ल्याएको नौबुँदे प्रस्ताव खारेज नगरिए समानान्तर सरकार चलाउने भन्दै दाहालले २९ माघमा धम्की दिएका थिए ।
संविधान निर्माणका लागि बहुमतीय प्रक्रियाको विरोध गरिरहेका दलहरुलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्नेमा चन्दको जोड थियो ।

देशलाई सङ्घीयतामा लैजाँदा सुदूरपश्चिमलाई टुक्र्याउन नदिने बताउँदै उनले सुदूरका नौ जिल्लाका बासिन्दाबीच कुनै पनि विषयमा विभेद नरहेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>