समाचारशुक्रबार, फाल्गुण १, २०७१

२० बर्ष सम्झेर रोए माओवादी

हिमालखबर

-सइन्द्र राई

c4

तस्वीरहरु विक्रम राई

शान्ति प्रक्रियापछि विभाजित बन्दै आएको माओवादीबाट भर्खरै नयाँ पार्टी बनाएका नेत्रविक्रम चन्दले काठमाडौंको नाचघरमा अरु माओवादी भन्दा भिन्न ढंगले ‘जनयुद्ध’ दिवस मनाए ।

चन्द नेतृत्वको नेकपा माओवादी निकट सामना परिवारले वितेको २० बर्षको झल्को दिनेगरी साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा नेता-कार्यकर्ता सँगै दर्शकदीर्घामा  थिए ।

c माओवादीको विगतमा आधारित सांस्कृतिक गीत, नृत्य र नाटक प्रदर्शन गरिरहँदा माओवादीका नेताहरुले मन थाम्न सकेनन्, एकपछि अर्काे रुन थाले । भावुक देखिएका चन्दसँगै उनीहरु रोइरहे ।

c2 c1

‘द्वन्द्वकालको झझल्को’

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट केही समयअघि फुटेको चन्दले मनाएको ‘जनयुद्ध’ दिवसका १ फागुन दिउँसो ४ः३० बजेबाट शुरु भएको कार्यक्रममा छापामार पोशाकका कलाकारहरुले नृत्यु प्रस्तुत गरेका थिए भने गीत पनि उस्तै थिए ।

c3५ मंसीर २०६३ पछि शान्ति प्रक्रियामा आएको माओवादी अहिले पाँच चिरामा विभाजित छन् । उनीहरुमध्ये एमाओवादीले कोटेश्वरमा, नेकपा–माओवादीले वसन्तपुरमा, नेकपा माओवादीले नाचघरमा र क्रान्तिकारी कम्युनिष्ट पार्टीले नयाँ बानेश्वरमा दिवस मनाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>