समाचारशनिबार, फाल्गुण २, २०७१

समयको सदुपयोग गर्न पौडेलको विपक्षीलाई आग्रह

हिमालखबर

Nepal Politicsनेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपक्षीलाई सडकबाट फर्केर संविधान निर्माणका लागि वार्ता गर्न आह्वान गरेका छन् ।

संविधानसभा स्थगित भएकाले विपक्षीले यस समयलाई सदुपयोग गरी वार्ताका माध्यमबाट सहमति गर्न अग्रसर हुन पौडेलले आग्रह गरेका हुन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा २ फागुनमा विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले छलफलका माध्यमबाट संविधान निर्माण गर्ने उद्देश्यले नै संविधानसभा स्थगित भएकाले ८–१० दिनको यस अवधिलाई सदुपयोग गरी प्रतिपक्षी ठोस सहमतिका लागि अग्रसर हुनु जरुरी रहेको बताए ।

उनले मुलुक संविधान निर्माणतर्फ उन्मुख भइसकेकाले संविधान निर्माणका विषयमा सहमति नभए अत्यधिक बहुमतद्वारा सम्पूर्ण नेपालीलाई मान्य हुने गरी संविधान जारी हुने दृढता प्रकट गरे ।

उनले अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा सङ्क्रमणकाल रहेकाले यसको सुरक्षित अवतरण गराउन सत्तापक्ष गम्भीर भएर लागेको दाबी गरे ।

मधेश केन्द्रित दलहरुले देश र मधेशको हित नबुझेको तर आफूहरु मधेशको बढी हित चिन्तक रहेको उल्लेख गर्दै उपसभापति पौडेलले मुलुकको भौगोलिक यथार्थता र उन्नतिमा देशको सम्पूर्ण राज्यमा सबै हिस्सेदार हुन पाउने कि नपाउने भन्ने प्रश्न गरे । उनले सबै विषयमा मधेशकेन्द्रित दलले गम्भीररुपमा सोचेर अगाडि बढेमा संविधान निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एमाओवादीलगायतका दलले बिना कार्यसूची आन्दोलन गरिरहेको प्रसङ्ग उल्लेख गर्दे नेता पौडेलले आन्दोलनलाई स्थगित गरी संविधान निर्माणको श्रेय पाउनका लागि सहमतिका लागि अगाडि आउन आह्वान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>