समाचारआइतबार, फाल्गुण ३, २०७१
वार्ताको वातावरण बन्दैछ: देउवा
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली जनताको चाहना अनुसारकै लोकतान्त्रिक संविधान आउने बताएका छन् ।
झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले संविधानजस्तो महत्वपूर्ण विषयमा सबैलाई सहमति बनाउने प्रयास जारी रहेको बताए ।
संविधानसभामा प्रतिपक्षका भूमिकामा रहेका एमाअाेवादीसहितको मोर्चासँग सहमतिका लागि वार्ता गर्न वातावरण बनिरहेको वरिष्ठ नेता देउवाले बताए ।
