समाचारआइतबार, फाल्गुण ३, २०७१
स्वीस बैंकमा राखिएको पैसाबारे छानविन सुरु
स्वीजरल्याण्डको एचएसबीसी बैंकमा नेपालीले राखेको पैसाबारे संसद्ले छानविन सुरु गरेको छ ।
संसद्को अर्थ समितिले अर्थ सचिव, गर्भनर र सम्पत्ति सुद्धिकरण अनुसन्धानसँग प्रारम्भिक छलफल गरेको छ । स्वीस बैंकमा १२ नेपालीले सम्पत्ति राखेको सूचना सार्वजनिक भएपछि यसबारे अर्थ समितिले छानविन थालेको हो ।
समितिलाई जवाफ दिदै सरकारका यी तीनै निकायले पैसा कसले र कसरी राखेका हुन् भन्नेबारे खुल्न नसकेको जनाएका छन् । गर्भनर युवराज खतिवडाले स्वीस बैंकमा राखेको पैसाले सञ्चारमाध्यमबाटै थाहा पाएकाले यसबारे अनुसन्धान हुने बताए ।
स्वीस बैंकमा नेपालीको नाममा ५ अर्व रुपैयाँ रहेको सूचना त्यहाँका खोज पत्रकारहरुले सार्वजनिक गरेका थिए ।
