समाचारआइतबार, फाल्गुण ३, २०७१
सोल्टी होटलमा एमालेको लञ्च
ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिसेसका नेताहरुलाई एमालेले होटल सोल्टीमा लञ्ज दिएको छ ।
काठमाडौंमा सम्पन्न युनियनको तीन दिने सम्मेलनपछि एमालेले पार्टी मुख्यालयमा बधाई कार्यक्रम राखेपछि होटल सोल्टीमा लञ्ज दिएका हुन् । लञ्जमा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु सहभागी थिए ।
विश्वका २९ देशका ५६ संगठन सहभागी सम्मेलनले पोर्चुगलका अब्दुर सोकोरियालाई अध्यक्ष चयन गरेको छ । युनियनको उपाध्यक्षमा नेपालका पुण्य ढकाल, महासचिव इटलीका पिआर पाउलो, उपमहासचिव भारतका एसीकुमार रहेका छन् ।
सम्मेलनले अन्तर्राष्ट्रिय बजारमा पूँजीवादले श्रमिकहरुको शोषण बढ्दै गएकाले यसबारे उचित ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ ।


