समाचारआइतबार, फाल्गुण ३, २०७१
‘एमालेकाे अध्यक्ष अाेली हुनु नै समस्या’
एमाअाेवादीका नेता बाबुराम भट्टराईले एमालेकाे अध्यक्ष केपी शर्मा अाेली हुनु नै समस्या भएकाे बताएका छन् ।
सुर्खेतमा ३ फागुनमा भएकाे एक कार्यक्रममा भट्टराईले शान्ति सम्झाैतामा हस्ताक्षर नगर्ने र त्यसकाे पक्षमा समेत रहेकाे अाेली एमालेकाे अध्यक्ष हुँदा संविधान बन्न नसकेकाे बताए । उनले भने, “बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता नभएका र शान्ति सम्झौताका पक्षमा समेत नरहेका नेता नेतृत्वमा रहेकाले संविधान बन्न सकेन ।”
उनले कांग्रेसका सभापित एवम् प्रधानमन्त्री सुशील काेइराला र अाेलीले दुई तिहाईकाे दम्भ नछाडेसम्म संविधान नबन्ने बताए ।
