समाचारआइतबार, फाल्गुण ३, २०७१

हिसिलाकी दिदीलाई लोकसेवाको अध्यक्ष फेरि बनाउन एमाओवादीको माग

हिमालखबर

संवैधानिक परिषद्काे बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले लोकसेवा आयोगको अध्यक्षमा पुनः कयोदेवी यमीलाई दोहोर्‍याउनुपर्ने माग राखेका छन् ।

उनको मागमा कांग्रेस र एमाले सहमत नभएपछि संवैधानिक परिषद्ले निर्णय गर्न सकेको छैन । अख्तियार, निर्वाचन आयोग र लोकसेवा आयोगमा रिक्त रहेको पद परिपूर्ति गर्न परिषद्को बैठक बस्दै आएको छ ।

तर, कांग्रेस र एमालेले भागबन्डा गरेर सिफारिसका लागि तयार पारेको नामावलीमा एमाओवादी सहमत नभएपछि परिषद्ले निर्णय गर्न नसकेकाे कांग्रेस नेता चीनकाजी श्रेष्ठले बताए । उनले भने,‘‘कयोदेवीलाई फेरि अध्यक्ष बनाउनुपर्ने एमाओवादीले माग राख्यो । यसमा सहमति हुन सकेन ।’’

उनले कांग्रेस र एमालेको सरकार भएकाले एमाओवादीलाई लोकसेवा जस्तो महत्वपूर्ण संवैधानिक निकायको अध्यक्ष पद दिन नसकिने बताए । श्रेष्ठले एमालेसँग गरिएको भागबन्डामा को–को सिफारिस हुँदैछन् भन्ने चाँही बताएनन् ।

कयोदवी एमाओवादी पोलिट्ब्यूरो सदस्य हिसिला यमीकी दिदी हुन् । कयोदेवीलाई एमाओवादी सरकारले आयोगको अध्यक्ष बनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>