समाचारआइतबार, फाल्गुण ३, २०७१

एमालेका पदाधिकारीहरुले अध्यक्षको भूमिकाबारे असन्तुष्टि जनाए

हिमालखबर

एमाले स्थायी कमिटीकाे बैठक । तस्वीर: अानन्दराम डंगाेल

एमाले स्थायी कमिटीकाे बैठक । तस्वीर: अानन्दराम डंगाेल

संविधानसभाको उपनिर्वाचनमा उमेद्वार सिफारिस गर्न वाग्लुङ जिल्ला कमिटी र धौलागिरी अञ्चल कमिटीलाई एमालेले निर्देशन दिएको छ ।

एमाले मुख्यालय बल्खुमा बसेको स्थायी कमिटीको बैठकले उमेद्वारको नामावली सिफारिस गर्न निर्देशन दिएको उपमहासचिव घनश्याम भूसालले बताए ।

बाग्लुङ–१, का सभासद्को दुर्घटनामा परेर निधन भएपछि त्यहाँ उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले २८ चैतमा उपनिर्वाचन घोषणा गरेको छ । एमालेले बारा जिल्लामा भएको पार्टी कार्यालय तोडफोडबारे भत्र्सना गरेको छ ।

नवौं महाधिवेशनपछि केन्द्रिय कार्य समितिमा कार्य विभाजन अहिलेसम्म हुन नसकेकोबारे छलफल भएको छ । अधिकांश पदाधिकारीहरुले कार्यविभाजनबारे अध्यक्षले होमवर्क नगरेको भन्दै असन्तुष्टि जनाए ।

बैठकमा युवा संघ र अनेरास्ववियुमा भइरहेको विवादबारे पनि कुरा उठेको उपमहासचिव भूसालले बताए । आज उठाइएका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले भोलि जवाफ दिने भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>