समाचारआइतबार, फाल्गुण ३, २०७१
‘कर्मचारी अधिकार धेरै भए कर्तव्य चेपुवामा परे’
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनिक काममा अपेक्षाकृत परिणाम नआएका कारण जनतामा सरकारप्रतिको असन्तुष्टि बढेको बताएका छन् ।
प्रशासकीय अदालतको आयोजनामा ३ फागुनमा भैरहवामा सुरु भएकाे सुशासनका सन्दर्भमा ,प्रशासकीय न्याय सम्पादन, चुनौती र सुधार विषयको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पण्डितले यस्ताे बताए ।
उनले भने, “काम छल्ने प्रवृत्तिले समस्या आएको हो । जनता पहिला प्रशासनसँग जोडिने भएकाले प्रशासनिक काममा अपेक्षाकृत परिणाम आएमा मात्र जनता सरकारप्रति सन्तुष्ट हुनसक्छ ।”
“जनताका सबै काम प्रधानमन्त्री मन्त्री वा सचिवले मात्र गरिदिने होइन”, उनले भने, “कर्मचारीले आफूले पाएको जिम्मेवारी पूरा गरिदिनु पर्छ । एक समय कर्मचारीलाई अधिकार कम कर्तव्य धेरै थियो तर अहिले अधिकार धेरै भएर कर्तव्य चेपुवामा परेजस्तै भएको छ ।”
