समाचारआइतबार, फाल्गुण ३, २०७१
हामी जातीय राज्यकाे पक्षमा छैनाैं: श्रेष्ठ
एमाअाेवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अाफुहरु जातीय राज्यकाे पक्षमा नरहेकाे बताएका छन् ।
विराटनगरमा पार्टी निकट बुद्धिजिवीहरुसँग भेटघाट गर्दै पहिचानलाई जातीय राज्यका रुपमा बुझ्न नहुने बताए । श्रेष्ठले सत्ताधारी दलले सहमति नगरे आन्दोलन जनविद्रोहमा परिणत हुने चेतावनी दिए ।
उनले सहमतिका लागि दबाबमूलक ढङ्गले आन्दोलन घोषणा गरेको बताए ।
