समाचारसोमबार, फाल्गुण ४, २०७१
मधेशलाई समुदायको आधारमा टुक्र्याउन हुँदैन: महताे
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशलाई समुदायकाे अाधारमा टुक्रयाउन नहुने बताएका छन् ।
मधेसी पत्रकार समाज पर्साले ४ फागुनमा अायाेजना गरेकाे पत्रकार सम्मेलनमा महताेले मधेशमा पहाडी समुदायकाे पनि बाक्लाे उपस्थिति रहेकाले समुदायकाे अाधारमा मधेशलाई टुक्रयाउन नहुने बताए ।
उनले यही संविधानसभाबाट संविधान जारी हुने बताए । महताेले भने, “सत्तारूढ दलहरूलाई दबाब दिनका लागि मात्रै आफूहरूले आन्दोलन गर्न परेको छ ।”
