समाचारसोमबार, फाल्गुण ४, २०७१
कांग्रेस कदापि पछाडि हट्दैन: सिंह
नेपाली कांग्रेसका महामन्त्री एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने प्रतिवद्धताबाट कदापी पछाडि नहट्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालकाे ज्ञापनपत्र बुझ्दै सिंहले लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीजस्ता उपलब्धिलाई संस्थागत गर्ने मार्गबाट संस्थागत गरेरै छोड्ने दृढता व्यक्त गरे ।
उनले संविधानसभाबाट यथाशक्य छिटो लिखित लोकतान्त्रिक संविधान दिएर देशमा राजनीतिक स्थिरताको जग हालिने दृढता व्यक्त गरे ।
