समाचारसोमबार, फाल्गुण ४, २०७१

गच्छदार कांग्रेसमा प्रवेश गर्दैछन: महतो

हिमालखबर

-बिम्मी शर्मा, वीरगञ्ज

फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार कांग्रेसमा प्रवेश गर्न लागेकाे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आरोप लगाएका छन् ।

पछिल्लो समय सत्तारुढ दल र विपक्षी बीच मध्यस्थको भूमिकामा रहेका गच्छदारलाई कांग्रेसमा प्रवेश गर्न लागेको आरोप लगाउँदै महतोले भने, ” उनले मधेश आन्दोलनलाई भाँड्न प्रयास गर्नुकाे पछाडि कांग्रेसकाे अाश्वासन छ, उनी अान्दाेलन भाँड्न मोर्चामा आएका हुन् ।”

महतोले सत्तारुढ दलहरुलाई दबाब दिनका लागि आफूहरुले आन्दोलन गर्नु परेको  बताए ।दुई तिहाईको घमण्डलाई चकनाचुर पार्न पनि आन्दोलनको तयारी गरिएको महतोको भनाई छ ।

संबिधानसभाको एक बर्षको समय सकिएको भएपनि अझै तीन बर्षको समय बाँकी रहेकाले यो  संबिधानसभाबाटै संबिधान जारी हुने भन्दै महतोले संविधानकै लागि अाफूहरुले दबाब सृजना गर्न आन्दोलन थालेको दाबी गरे ।

अध्यक्ष महतोले परिवर्तनकारी शक्तिहरुलाई पञ्छाएर संबिधान बनाउन खोजिए सडकबाट संबिधान जारी गरिने चेतावनी समेत दिएका थिए भने  मधेशमा पहाडी समुदायको पनि बाक्लो उपस्थिति रहेका कारण मधेशलाई समुदायको आधारमा टुक्राउन नहुने उनको जिकिर थियो  ।

१६ फागुनपछि निर्णयक आन्दोलन हुने र यो आन्दोलन अन्तिम भएको महतोले घोषणा गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>