समाचारसोमबार, फाल्गुण ४, २०७१
सुशील र केपीलाई शान्ति प्रक्रियाबारे थाहै छैनः भट्टराई
एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइराला र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शान्ति प्रक्रियाबारे केही थाहा नभएको बताएका छन् ।
दाङमा आयोजित कार्यक्रममा उनले भने, ‘‘शान्ति प्रक्रियाबारे थाहा भएका गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाल पार्टी नेतृत्वमा छैनन्, सुशील र केपीलाई थाहा नै छैन ।’’
भट्टराईले सुशील र केपीले शान्ति प्रक्रियाबारे चासो समेत नदिदा संविधान निर्माणमा समस्या आएको बताए । उनले सुशील र केपीलाई आन्दोलनबाटै घुडा टेकाउने चेतावनी समेत दिए ।
