समाचारसोमबार, फाल्गुण ४, २०७१

हामीमा वहुमतको दम्भ छैनः देउवा

हिमालखबर

???????????????????????????????नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले कांग्रेस र एमालेमा वहुमतको दम्भ नभएको प्रष्ट पारेका छन् ।

नेपाल दलित संघको १७ औं स्थापना दिवसका अवसरमा पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता देउवाले एमाओवादीले लोकतान्त्रिक संविधान जारी होस भन्ने नचाहेकाले अनेकौं निहुँ झिकिरहेको दाबी गरे ।

कांग्रेस–एमालेले लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा अधिकतम लचकता अपनाएर भए पनि सहमतिकै आधारमा संविधान जारी गर्ने प्रयास गरिरहेको उनको भनाई थियो ।

अघिल् लो संविधानसभामा एमाओवादीको बहुमत र सरकार पनि भएका बेला उसले संविधान जारी गर्न नमानेको भन्दै देउवाले थपे, “मेरो गोरुको वाह्रैै टक्का’ भनेझै आफ्ना अडानवाट पछाडि हट्दै नहट्ने अनी कसरी जारी हुन्छ सहमतिमा संविधान ।”

यसपटक भने कुनै पनि हालतमा संविधान जारी गर्ने भन्दै देउवाले जनमतको कदर गर्दै वार्तामा आउन एमाओवादी र मधेशकेन्द्रित दलहरुलाई आग्रह गरे । भने, “तपाइँहरु वार्ता र सहमतिमा नआउने हो भने प्रक्रियामा जानुको विकल्प छैन, यसपटक कुनै पनि हालतमा संविधानसभा तुहिन दिन्नौ ।”

लक्ष्मी गौतमः पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>