समाचारसोमबार, फाल्गुण ४, २०७१

शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण

हिमालखबर

Portrait of a Sadhu (Hindu Holy Man), Pashupatinath, Kathmandu Valley, Nepalशिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मि अग्लो शिवलिङ्ग भक्तजनको आकर्षण बनेको छ ।

कपडा र बाँसबाट निर्मित शिवलिङ्गबाट पानी पनि खसालिएको छ । त्यसलाई परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । सँगै शिव र पार्वतीरुपी साना बालबालिका कैलाशपर्वतमा ध्यान गरेर बसेका छन् ।

“शिवलिङ्ग, करिब ३५० नागाबाबा र अर्धसर्वाङ्ग महिला साधु यस वर्षका आकर्षण हुन, उच्चस्तरका करिब दश स्वामीहरु पनि आउनुभएको छ”पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए ।

उनका अनुसार यस वर्ष करिब ३ हजार ५०० सय साधुसन्त शिवरात्री मेलामा सहभागी हुँदैछन् । वनारसका पगलानाथ र आइरनबाबा पशुपतिमा आइसकेका छन् ।

वनकालीमै कोष र पशुपति सङ्गीत प्रतिष्ठानको आयोजनामा तीनदिने भक्तिसङ्गीतले पाशुपत क्षेत्र नै घन्किरहेको छ । कहीँ साधुसन्तलाई भण्डारा लगाइँदै छ भने कतै स्वास्थ्य शिविर चल्दैछ ।

रायमाझी कुलदेवता केन्द्रीय समितिले सोमबारदेखि शुरु भएको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा करिब दुई हजारले सेवा लिइसकेको समितिका प्रकाश रायमाझीले जानकारी दिए ।

बाह्र ज्योतिर्लिङग मध्येका महाज्योतिर्लिङ्ग पशुपतिनाथ मानिसलाई पशुभाव र पाश९बन्धन०बाट मुक्त गराउने कल्याण र त्यागका प्रतिमूर्ति हुन् ।
“पशुपतिनाथ केदारनाथको शिर नै हुन् ”डा टण्डनले भने ।

हरिद्वारबाट आएका साधु नन्दीपालले आफू हरेक वर्ष मित्र साधुहरुसँग पशुपतिनाथ आउने गरेको बताए ।

“यहाँ आएपछि आनन्द र सुखको अपूर्व अनुभूति मिल्छ”उनले भने ।
श्याम रिमाल, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>