समाचारमंगलबार, फाल्गुण ५, २०७१
कांग्रेस एमाले झुकेनन् भने अझैसशक्त अान्दाेलन: दाहाल
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्म ३० दलीय माेर्चाले गरेकाे शान्तिपूर्ण अान्दाेलनबाट कांग्रेस र एमाले झुकेनन् भने सशक्त अान्दाेलन गर्ने जनाएका छन् ।
क्रान्तिकारी पत्रकार संघ कास्कीले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मोर्चाले गर्ने थप सशक्त अान्दोलनपछि उत्पन्न परिस्थितिको जिम्मेवारी कांग्रेस एमालेले लिनुपर्ने बताए ।
बहुमतको भोटेताल्चा लगाएर वार्तामा बोलाउनुको कुनै अर्थ नहुने भन्दै दाहालले थपे, “आन्दोलन रफ्तारमा अघि बढ्छ, जनताले गर्ने निर्णायक आन्दोलनका अगाडि कांग्रेस एमाले अन्तिममा झुक्नै पर्छ ।”
