समाचारबुधबार, फाल्गुण ६, २०७१

माधव नेपाल अनुपस्थित भएपछि एमाले बैठक बस्न सकेन

हिमालखबर

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल तीन दिनका लागि रौतहट गएपछि एमालेका शीर्ष नेता सम्मिलित कार्यदलको बैठक बस्न सकेन ।

केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनमा कुरा मिल्न नसकेपछि एमालेले कार्यदल गठन गरे पनि ४ र ५ फागुनमा बसेको बैठकले निर्णय गर्न सकेको थिएन ।

६ फागुनमा यो बैठकलाई निरन्तरता दिने भनिएपनि बरिष्ठ नेता नेपाल अनुपस्थित भएपछि १० फागुनसम्मलाई बैठक स्थगित गरिएको छ ।

गत असारमा नवौं महाधिवेशन सकिएपनि अहिलेसम्म एमालेमा कार्यविभाजन हुन सकेको छैन भने १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन पनि भएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>