समाचारबुधबार, फाल्गुण ६, २०७१

बन्द, हड्ताललाई माैलिक हकमा राख्नुपर्ने माग

हिमालखबर

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका मजदूर संगठनहरुले नयाँ संविधानमा बन्द हड्ताललाई माैलिक हकका रुपमा राख्न माग राखेका छन् ।

कांग्रेसकाे भातृ संस्था नेपाल ट्रेड युनियन काँग्रेस र एमालेका नेपाल ट्रेड युनियन महासंघले हड्ताल गर्न पाउने श्रमिकको अधिकारलाई मौलिक अधिकारको रुपमा समावेश गर्नुपर्ने माग गरेका हुन् ।

फेब्रुअरी १८ अर्थात विश्व आम हडताल दिवसका उपलक्षमा नेपाल ट्रेड युनियन काँग्रेस र नेपाल ट्रेड युनियन महासङ्घले गरेको ‘हडतालको अधिकार नदिए हामी सबै दास हुन्छौँ’ शीर्षकको अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष विष्णु रिमालले शासक बर्ग र पूँजीपति वर्ग शोषण र अत्याचारविरुद्ध श्रमिक एक भई आम हडताल गर्न पाउने अधिकार नेपालमा विस्तारै निष्तेज गर्न खोजिएको गएकाे बताए ।

नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष रामजी कुँवरले विश्वका ९० भन्दा बढी देशको संविधानमा आम हडताललाई श्रमिकको मौलिक हकको रुपमा राखिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>