समाचारबुधबार, फाल्गुण ६, २०७१
‘वार्ताको प्रक्रिया आरम्भ भयो’
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका विषयमा संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीचको संवादहीनताको अवस्था अन्त्य भई वार्ताको प्रक्रिया आरम्भ भएको बताएका छन् ।
रासस स्थापनाको ५४आैं वार्षिकोत्सवका अवसरमा दिएकाे शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले लेखेका छन्, “वर्तमान सरकार आपसी सहमति, समझदारी, सहकार्य, एकता र मेलमिलापबाटै सबै समस्याको समाधान गर्न सकिनेमा विश्वास राख्दछ ।”
उनले वर्तमान संविधानसभाबाट जनआकाङ्क्षा अनुरुपको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्न सकिने बताएका छन् । रासस
