समाचारबिहीबार, फाल्गुण ७, २०७१
पहिचानका लागि एकताबद्ध हुन शेर्पा समुदायलाई दाहालकाे अाग्रह
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले पहिचानमा आधारित संविधान निर्माण गर्ने जनअपेक्षामा गम्भीर आशङ्का उत्पन्न भएको बताउँदै एकताबद्ध हुन शेर्पा समुदायलाई आग्रह गरेका छन् ।
शेर्पा समुदायले नयाँ वर्षको आरम्भका रुपमा मनाउने ग्याल्पो ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले संविधान निर्माणको यस घडीमा जनपक्षीय र परिवर्तनकामी संविधान निर्माणका लागि आआफ्नो ठाउँबाट एकजुट भई खबरदारी गर्न आग्रह गरे ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत मनाइने यो चाडले देशमा पहिचानसहितको संविधान निर्माण र समृद्धि स्थापना गर्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास उनले व्यक्त गरे ।
