समाचारबिहीबार, फाल्गुण ७, २०७१

ओलीले भने, ‘१६ गते जुलुस हुन्छ, त्यसपछि के हुन्छ ?’

हिमालखबर

मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी, केपी शर्मा ओली र इन्सेकका अध्यक्ष सुवोधराज प्याकुर्‍याल ७ फागुनमा आयोजित कार्यक्रमममा । तस्वीर: बिक्रम राई

मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी, केपी शर्मा ओली र इन्सेकका अध्यक्ष सुवोधराज प्याकुर्‍याल ७ फागुनमा आयोजित कार्यक्रमममा । तस्वीर: बिक्रम राई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई आन्दोलनको रहर लाग्दैमा जनता सडकमा नआउने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित ‘मानवअधिकार वर्ष पुस्तक २०१५’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाओवादीलाई आन्दोलन छोडेर संविधान निर्माणमा लाग्न आग्रह गरे ।

एमाओवादी नेतृत्वको मोर्चाले १६ फागुनमा गर्ने भनेको ‘शक्ति प्रदर्शन’ प्रति लक्षित गर्दै ओलीले भने, ‘‘वैंश छँदा काठमाडौं कब्जा गर्छु भने तर, सकेनन् । अव झन के होला ?’’

उनले दुई चारजनको आकांक्षा पूरा गर्न कसैले सिटी बजाउँदैमा जनता सडकमा नआउने बताए । भने, “देशभरबाट मान्छे ओसार्ने हो भने १६ गते जुलुस पनि हुन्छ तर, त्यसपछि के ? यस्तोमा नलाग्नुस ।”

ओलीले अगाडि भने, ‘‘दुई तिहाईले भनेको नहुने अनि अल्पमतको आदेश मान्नुपर्ने ? यस्तो विधि निरकुंश राजतन्त्र र सैनिक शासनमा मात्रै हुन्छ । अरु कहाँ–कहाँ हुन्छ भनेर खोजी गर्दैछु ।’’

उनले एमाओवादीले भन्ने गरेजस्तो दुई तिहाईको दम्भ आफूहरुमा नभएको भन्दै थपे, ‘‘एमाले र कांग्रेस मिल्दा पनि दुई तिहाई पुग्दैन । अनि दुई तिहाईको दम्भ भनेको के हो ?’’

अहिले संविधान निर्माण नै सबैभन्दा जरुरी काम भएको भन्दै ओलीले अगाडि भने, “सबैसँग कुरा गर्दैछु, सबैका कुरा सुनेर केही महिनामै नयाँ संविधान बनाउँछौं । बरु आन्दोलन गर्ने नै हो भने संविधान बनाउ भनेर गर्नु नी !’’

मानवअधिकारको प्रत्याभूतिका लागि पनि संविधान जरुरी रहेको र संविधान बनिसकेपछि सुशासन र विकासमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>