समाचारबिहीबार, फाल्गुण ७, २०७१

मानवअधिकारको अवस्था सुध्रिएनः इन्सेक

हिमालखबर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानवअधिकारको अवस्थामा सुधार नआएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

इन्सेकले काठमाडौंको जावलाखेलमा ‘मानवअधिकार बर्ष पुस्तक २०१५’ सार्वजनिक गर्दै नेपालमा मानवअधिकारको अवस्थामा सुधार नआएको उल्लेख गरेको हो ।

प्रतिवेदन अनुसार राज्य र गैरराज्य पक्षबाट सन् २०१४ मा ५ हजार ३८२ जना पीडित भएका छन् । राज्य पक्षबाट ३०९ जना र गैरराज्य पक्षबाट ४ हजार ६५८ जना पीडित भएका छन् ।

अघिल्लो बर्ष यो संख्या ५ हजार ४३५ थियो । इन्सेकले संक्रमणकालीन अवस्था लम्बिएकाले मानवअधिकारको अवस्थामा सुधार आउन नसकेको उल्लेख गरेको छ ।

इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले राजनीतिक अस्थिरता अन्त्य नभएसम्म मानवअधिकारको अवस्था सुध्रन नसक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>