समाचारबिहीबार, फाल्गुण ७, २०७१
पूर्व राजाकाे जवाफ कांग्रेस र एमालेले दिनुपर्छ: दाहाल
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रकाे जवाफ नेपाली कांग्रेस र नेकपा एमालेले दिनुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकमा भएकाे कार्यक्रममा उनले ज्ञानेन्द्रसँग कुनै सहमति नगरेकाले यसकाे जवाफ एमाअाेवादीसँग नभएकाे बताए । दाहालले बिग्रँदै गएकाे पार्टीलाई कांग्रेस र एमालेले जनतासम्म पुर्याउन सहयाेग गरेकाे भन्दै धन्यवाद दिए ।
उनले भने, “संविधानसभाबाट धकेलेर जनतासम्म पुर्याएकोमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री सुशील कोइरालालाई धन्यवाद दिन्छु ।”
अध्यक्ष दाहालले कांग्रेस र एमालेका नेताहरू आफ्नो निवास लाजिम्पाट आएर रोएका कारण सरकार छाडेको सुशील र अाेलीले लिएकाे बताए । उनले भने, “साेझाे भएर सरकार छाेडियाे यसकाे फाइदा कांग्रेस र एमालेले लिए ।”
