समाचारबिहीबार, फाल्गुण ७, २०७१

एमाओवादीसँग राजनीतिक मुद्दा छैन: गगन थापा

हिमालखबर

fgagan_thapaनेपाली कांग्रेसका युवा नेता गगन थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको मोर्चाको कुनै राजनीतिक अजेण्डा नभएको दाबी गरेका छन् ।

७ माघमा चितवनमा आयोजित कार्यक्रममा बोल्दै थापाले एमाओवादी नेतृत्वको मोर्चा कुनै मुद्दाबिनै सङ्घर्षमा उत्रिएको भएपनि नेपाली कांग्रेस जिम्मेवार पार्टी भएकाले निकास निकाल्ने जिम्मा कांग्रेसकै काँधमा रहेको बताए ।

प्रजातन्त्र दिवसको अवसरमा चितवनमा प्रजातान्त्रिक विचार समाज र नेपाली कांग्रेस चितवनले आयोजना गरेको विचार गोष्ठीमा उनले कांग्रेस समाज डोर्‍याउने पार्टी भएको दाबी गर्दै मोर्चासँग बहस गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विपी कोइरालाको जिवनीको बारेमा लेखिएको पुस्तकको अर्का नेता धनराज गुरुङले विमोचन गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>