समाचारबिहीबार, फाल्गुण ७, २०७१
अान्दाेलन छाेड वार्तामा अाउः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी सम्मान समारोहमा उनले भने, “अब कसैले कसैलाई धम्क्याएर डर धाक देखाएर कसैको अभिष्ट पुरा हुन सक्दैन । जस्ले धम्काउन खोज्छ उ आफै समाप्त भएर जान्छ ।”
उनले सहमति सहकार्य, एकता र मेलमिलापबाटनै अहिलेको समस्या समाधान हुने बताए ।
