समाचारशनिबार, फाल्गुण ९, २०७१
मतदान प्रक्रिया खारेज नभएसम्म वार्तामा जाँदैनौँ: बाबुराम
एमाओवादी नेता बाबुराम भट्टराईले संविधानसभाभित्रको मतदानको प्रक्रिया खारेज नभएसम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् ।
सल्यान सदरमुकाम खलङ्गामा एमाओवादीले ९ फागुन बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले भने,“ सुशीलजी र केपीजीले पहिले ढोका खोल्नुस्, त्यसपछि मात्रै हामी घरभित्र आउन सक्छौँ ।”
वर्तमान सरकारलाई खबर्दारी गर्नका लागि अहिले आफूहरु देश दौडाहामा रहेको दाबी गर्दै भट्टराईले १६ फागुनसम्म पनि सरकारले सहमतिका लागि कुनै पहल नगरे त्यसपछि निर्णायक आन्दोलन गर्ने चेतावनी दिए ।
उनले भने, “आन्दोलनका उपलब्धिलाई अक्षरशः पालना गर्दै कार्यान्वयन गर्ने हो भने हामी प्रक्रियामा जान तयार छौँ ।”
रासस
