समाचारशनिबार, फाल्गुण ९, २०७१

क्रिकेटका फ्यानको खुलामञ्चमा प्रदर्शन

हिमालखबर

cricket

तस्वीर सौजन्य: क्रिकेट बचाउ अभियान ।

नेपाली क्रिकेटका समर्थकहरुले ९ फागुनमा काठमाडौंको खुलामञ्चमा प्रदर्शन गरेका छन् ।

‘नेपाली क्रिकेट बचाउ अभियान’ को नेतृत्वमा भएकोे प्रदर्शनमा नेपाली क्रिकेटका फ्यानहरुले नेपाल क्रिकेट संघ विरुद्ध नाराबाजी समेत गरे ।

उनीहरुले ‘क्यान’ खारेजी हुनुपर्ने र क्रिकेट बोर्ड गठन गर्नुपर्ने माग गरे ।

नेपाली क्रिकेटको विकासमा क्यानले अवरोध पुर्याएको दाबी गर्दै अभियानका संस्थापक सनम पाठकले भने, ‘क्यानभित्रको राजनीतिक खिचातानी बन्द गरेर खेलाडीको हौसला बढाउनुपर्छ भन्ने हाम्रो माग छ ।’

c

तस्वीर सौजन्य: क्रिकेट बचाउ अभियान ।

उनीहरुले नेपाली क्रिकेटको अवस्था सुधार्न अब चरणबद्ध रुपमा कार्यक्रम गर्ने जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>