समाचारशनिबार, फाल्गुण ९, २०७१

हचुवाको भरमा सङ्घीयतामा गए आफ्नै देशमा नाकाबन्दी: पूर्वसेनापति कटवाल

हिमालखबर

rookmagudपूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले हचुवाको भरमा देश सङ्घीयतामा गए आफ्नै देशमा नाकाबन्दीको पीडा भोग्नुपर्ने अवस्था आउने दाबी गरेका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले ८ फागुनमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कटवालले हचुवाको भरमा सङ्घीयता घोषणा भए एक प्रदेशले अर्को प्रदेशलाई नाकाबन्दी गर्नसक्ने अवस्था आउने धारणा राखेका हुन् ।

देशले सङ्घीयता थेग्न सक्छ कि सक्दैन यसबारे प्रष्ट हुनु जरुरी रहेको औँल्याउँदै उनले अगाडि भने, “देश सङ्घीयतामा प्रवेश गरेपछि राज्यहरु सक्षम नभएका खण्डमा एक प्रदेशले अर्को प्रदेशलाई नाकाबन्दी गर्न सक्ने खतरा रहन्छ, यसतर्फ बेलैमा सचेत रहनु जरुरी छ ।”

उनले राजनीतिक दलका नेताहरुको बोलीको ठेगाना नहुँदा देश अन्योलको भूमरीमा फस्दै गएको चर्चा गर्दै दलका नेताहरु दलगत स्वार्थ र परिवारको चक्रब्यूहमा फस्दै जाँदा परिवर्तन संस्थागत हुन नसकेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>