समाचारआइतबार, फाल्गुण १०, २०७१
वार्ताका लागि फोरम नेपालको तीन शर्त
मधेशी जनअधिकार फोरम, नेपालले वार्ताका लागि तीन शर्त अघि सारेको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीमा १० फागुनमा अायाेजित पत्रकार सम्मेलनमा वार्ताका लागि तीनवटा शर्त अघि सारेका हुन् ।
पहिले गरिएको सम्झौताका आधारमा संविधान बन्ने प्रतिबद्धता आउनुपर्ने, ११ माघमा संविधानसभाका अध्यक्षले चालेको कदम फिर्ता लिनुपर्ने र सहमतिका आधारमा संविधान बनाउने प्रतिबद्धता आउनुपर्ने आफ्ना शर्त रहेको उनले सुनाए ।
विगतमा गरिएका सहमति तथा सम्झौता कार्यान्वयन नर्गनु भनेको विश्वासघात र धोका भएकाे यादवको जिकिर थियो ।
