समाचारआइतबार, फाल्गुण १०, २०७१

कांग्रेस धम्कीसँग डराउदैनः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले नेपाली कांग्रेस कसैकाे धम्कीबाट  नडराउने बताएका छन् ।

धादिङमा १० फागुनमा अायाेजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री काेइरालाले कांग्रेसले संविधान ल्याउनका लागि लामो समयदेखि  संघर्ष गर्दै आएकाले कसैले  अान्दाेलनकाे धम्की दिंदैमा अाफू र आफ्नो दल  नडराउने बताएका हुन् ।

उनले जतिसुकै ठूलो मूल्य चुकाएर भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

सबै पक्षको सहमतिमा संविधान जारी गर्ने प्रतिबद्धता गरिए पनि   साझा सहमति बन्न नसक्दा  ८ माघमा संविधान जारी गर्न नसकेको प्रधानमन्त्रीको भनाई थियो  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>