समाचारआइतबार, फाल्गुण १०, २०७१
विश्वकप क्रिकेटः भारत १३० रनले विजयी
विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले १३० रनले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको भारतले ७ विकेट गुमाएर ५० ओभरमा ३०७ रन बनाएको थियो । तर, दक्षिण अफ्रिकाले ४०.२ ओभरमा सवै विकेट गुमाउदै १७७ रन मात्रै बनाए ।
भारतीय बलरका अगाडि टिक्न नसकेका दक्षिण अफ्रिकाका लागि प्लेसिसले ५५ रन जोडे पनि अन्य खेलाडी राम्रो प्रदर्शन गर्न सकेनन् ।
