समाचारआइतबार, फाल्गुण १०, २०७१
सभाध्यक्ष नेम्वाङ ५ दिनदेखि विरामी
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ विरामी परेपछि पाँच दिनदेखि घरमै आराम गरिरहेका छन् ।
६ फागुनदेखि ज्वरोले सताएका नेम्वाङले संसद् सचिवालयकै चिकित्सकबाट उपचार गराउँदै घरमा आराम गरिरहेको उनका स्वकिय सचिव बुद्धि खनालले जानकारी दिए । खनालका अनुसार नेम्वाङको स्वास्थ्यसम्बन्धी परीक्षण रिपोर्ट ११ फागुनमा आउने चिकित्सकले बताएका छन् । “त्यसपछि मात्रै के भएको हो एकिन हुनेछ,” खनालले भने ।
२९ माघमा संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरे लगत्तै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेका नेम्वाङ विरामी भएपछि अन्य भेटघाट गर्न सकेका छैनन् ।
यसअघि अध्यक्ष नेम्वाङले ३० दलीय मोर्चाको माग अनुसार दलहरुबीच सहमतिको वातावरण बनाउन भन्दै संविधानसभाको बैठक स्थगित गरेका थिए ।
