समाचारआइतबार, फाल्गुण १०, २०७१
कांग्रेस बैठकः विपक्षीलाई अनन्तकालसम्म पर्खन हुँदैन

तस्वीर: रासस
कांग्रेस केन्द्रीय समितिको १० फागुनमा बसेको केन्द्रीय समितिको बैठकमा अधिकांश सदस्यले सहमतिका नाममा विपक्षी मोर्चालाई अनन्तकालसम्म पर्खिरहन नहुने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुले सहमतिका नाममा संविधानसभाको महत्वपूर्ण समय खेर फाल्न नहुनेमा जोड दिँदै एमाअाेवादी नेतृत्वको विपक्षी मोर्चा वार्तामा नआए संविधान निर्माणको प्रक्रिया अघि बढाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले वार्ता एवम् संवादलाई प्राथमिकता दिदै अधिकतम् सदुपयोग गर्नुपर्ने भए पनि विपक्षी मोर्चाले त्यसो नगरेकाले संविधान निर्माण प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
