समाचारसोमबार, फाल्गुण ११, २०७१

काठमाडौँको एक घरको कोठामा तीन जना मृत अवस्थामा फेला

हिमालखबर

 

काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका वडा नं १३ वीरेन्द्रचोकस्थित एक घरको कोठामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

शङ्कर खतिवडाको घरमा डेरा गरी बस्ने रामेछाप बम्पी गाविस–१ स्थायी घर भएका अन्दाजी २५ वर्षका राजन बस्नेत, उनकी श्रीमती अन्दाजी २३ वर्षकी पवित्रा बस्नेत र उनीहरुका सात महिनाकी छोरी पृजना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कोठाभित्र फलामे तावामा आगो तापेको र तावाभरि कोइला भएको, झयाल/ढोका दुवै बन्द अवस्थामा रहेकाले अक्सिजनको कमीका कारण मृत्यु भएको अनुमान गरिएको महानगरीय प्रहरी प्रभाव काँडाघारीका प्रहरी निरीक्षक दीपक ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार घटनाको थप विवरण आउन बाँकी रहेको र मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

मृतक राजन बस्नेत नेपाली सेनाको सिपाही पदमा चितवनमा कार्यरत रहेको र हाल तालिमका लागि हेडक्वाटर आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

रासस

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>