समाचारसोमबार, फाल्गुण ११, २०७१
कांग्रेस बैठकः कार्वाही फुकुवा
नेपाली कांग्रेसले गत संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदावरी दिने र तीनका प्रस्तावक समर्थक बाहेक अन्य सबैको कार्वाही फुकुवा गरेको छ ।
११ फागुनमा बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले केन्द्रीय अनुशासन समितिको कारवाहीमा परी विभिन्न सजाय पाएका र त्यसउपर केन्द्रीय कार्यसमितिमा पुनरावेदन दिएकाहरुमध्ये बागी उम्मेदावरी दिएका व्यक्ति र तिनका प्रस्तावक समर्थक बाहेकका पुनरावेदन सदस्यहरुको कारवाही फुकुवा गरेको हो ।
त्यसैगरी बैठकमा संविधान निर्माण र मोर्चासँगको वार्ता सम्बन्धमा छलफल भएको थियो ।
नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन सम्बन्धमा समेत छलफल भएको मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
