समाचारमंगलबार, फाल्गुण १२, २०७१

संवैधानिक निकायमा नियुक्ति बारे कोइराला र दाहालबीच छलफल

हिमालखबर

300x197xdahal_koirala1.jpg.pagespeed.ic.FSrhch8mhrप्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच ११ फागुन बेलुका भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच १२ फागुनमा बस्ने संवैधानिक परिषद्को बैठक, संविधान निर्माण र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको दाहालका स्वकीय–सचिव चुडामणि खड्काले जानकारी दिए ।

संवैधानिक परिषद्को १ फागुनको बैठकले लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई १२ गते परिषद्को बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको थियो ।

लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा पदाधिकारी नियुक्तिमा दलहरुबीच भागवण्डामा कुरा नमिल्दा नियुक्ति हुन सकिरहेको छैन । लोक सेवा आयोगको रिक्त प्रमुख पदमा एमाओवादीले बाबुराम भट्टराईकी जेठी सासु कयोदेवी यमीलाई पुन नियुक्त गर्न आग्रह गरिरहेको छ ।

त्यसैगरी भेटका अवसरमा दाहालले प्रधानमन्त्री कोइरालाले वार्ता र सहमतिका लागि देखाएको सक्रियताको प्रशंशा गरे पनि संविधानका विवादित विषयमा अगाडि बढाइएको प्रक्रिया खारेज गर्न आग्रह गरेका थिए ।

दाहालले एमाओवादी मोर्चाले शुरु गरेको पहिलो चरणको आन्दोलन १६ फागुनमा समापन भएपछि वार्ता हुनसक्ने संकेत गरेको बुझिएको छ । १६ फागुनमा एमाओवादी नेतृत्वको मोर्चाले काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दैछ ।

१२ फागुन विहान बस्ने संवैधानिक परिषदको बैठकमा कोइराला र दाहालको फेरि भेट हुने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>